PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

थप ३३ सय ६५ जनामा संक्रमण, १४ जनाको गयो ज्यान



पहिलोपोस्ट

थप ३३ सय ६५ जनामा संक्रमण, १४ जनाको गयो ज्यान
फाइल फोटो

काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ३ सय ६५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। १४ हजार २ सय ४२ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण देखिएको हो।  कूल परीक्षण गरिएकामध्ये संक्रमित हुनेको संख्या करिब २४ प्रतिशत हो।

आरटी पीसीआरबाट परीक्षण गर्दा २ हजार ३ सय ३५ जनामा संक्रमण देखिएको हो। त्यसैगरी एन्टीजेन परीक्षणबाट १ हजार ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घन्टामा १४ जना संक्रमितको ज्यान गुमेको छ। यस अवधिमा १ हजार ३ सय ७३ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell