PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

झापामा आज राति १२ बजेदेखि कडा निषेधाज्ञा, घरबाट बाहिर निस्कन रोक



पहिलोपोस्ट

झापामा आज राति १२ बजेदेखि कडा निषेधाज्ञा, घरबाट बाहिर निस्कन रोक

काठमाडौंः केही दिनदेखि झापामा संक्रमितको सङ्ख्या ह्वातै बढेपछि जिल्ला प्रशासनले आज राति १२ बजेदेखि कडा निषेधाज्ञा गर्ने भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै आज राति १२ बजेदेखि साउन २३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्ने भन्दै प्रशासनले अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्किन समेत रोक लगाएको छ। त्यस्तै अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी र सार्वजनिक कार्यालय बाहेक अन्य कार्यालयहरू समेत सञ्चालन नगर्न निर्देशन दिइएको छ। बैंक तथा वित्तीय संस्थामा माथिल्लो निकायबाट स्वकृति लिएर न्यून कर्मचारी राखेर हप्तामा तीन दिन आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ।

पछिल्लो केही दिनयता झापामा दैनिक २ सयको हाराहारीमा सङ्क्रमित थपिदैं गएका छन्। त्यस्तै खाद्यान्न, हरियो तरकारी, माछा मासु लगायत अत्यावश्यक सामाग्रीका पसलहरू भने बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाउने छन्।

अत्यावश्यक सवारी साधन बाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधनलाई पूर्ण रोक लगाइएको छ। तर पूर्वपश्चिम राजमार्गमा चल्ने लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीलाई भने सञ्चालन गर्न पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell