PahiloPost

Jun 15, 2026 | १ असार २०८३

टोकियो ओलम्पिकमा सकियो नेपालको प्रतिस्पर्धा



पहिलोपोस्ट

टोकियो ओलम्पिकमा सकियो नेपालको प्रतिस्पर्धा

काठमाडौं: जापानमा जारी टोकियो ओलम्पिकमा नेपालको सहभागिता सकिएको छ। आज एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले सहभागिता जनाएसँगै नेपालको तर्फबाट सहभागिता टुंगिएको हो। आज बिहान सम्पन्न खेलमा चौधरीले १०० मिटरको दौड १२.९१ सेकेन्डमा पुरा गरेकी थिइन्।

त्यस्तै पौडीवाज गौरिका सिंह र अलेक्जेन्डर शाहले यसअघि नै सहभागिता जनाउँदै राष्ट्रिय कीर्तिमान बनाउन सफल भए। त्यसबाहेक जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले पनि सहभागिता जनाइसकेका छन्।

टोकियो ओलम्पिकमा नेपालको तर्फबाट पाँचजना खेलाडीको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell