PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लुम्बिनी प्रदेशका तीनजना मन्त्री प्रदेशसभा सांसदबाट भए पदमुक्त



पहिलोपोस्ट

लुम्बिनी प्रदेशका तीनजना मन्त्री प्रदेशसभा सांसदबाट भए पदमुक्त

बुटवल : जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३ जना सांसद पदमुक्त भएका छन्।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन्। सांसदबाट पदमुक्त भएका तीनै जना प्रदेश सरकारका मन्त्री पनि हुन्।

जनता समाजवादी पार्टी प्रदेश संसदीय दलका नेता सहसराम यादव र प्रमुख सचेतक पुरमती ढेँगा मगर सहित पार्टीका नेताहरू उनीहरूलाई पार्टीले कारबाही गरिएको पत्र बिहीवार प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम पारित नगर्न पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको थियो। स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार पार्टीले उनीहरूलाई कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए।

पदमुक्त गरिएका सांसदहरुलाई जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell