PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

थप ३६११ जनामा कोभिड-१९ संक्रमण, २७ जनाको मृत्यु



पहिलोपोस्ट

थप ३६११ जनामा कोभिड-१९ संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ हजार ६११ जनामा कोभिड-१९ संक्रमण पुष्टी भएको छ।  १४ हजार ६६१ जनाको नमुना परीक्षणका क्रममा २४.६२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो।

कुल परीक्षण मध्ये ९ हजार ७८३ जनाको पसीआर परीक्षण गर्दा २५.२१ प्रतिशत अर्थात २ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै ४ हजार ८७८ जनाको एन्टिजेन परीक्षण गर्दा २३.४५ प्रतिशत अर्थात् १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणका कारण २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

योसँगै मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्यकाका ८२८ रहेका छन्। जसमध्ये काठमाडौं जिल्लाका ५५६ जना रहेका छन्। त्यस्तै ललितपुरका १८७ र भक्तपुरका ७६ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कास्की जिल्लामा ३३३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै झापामा २३६ र सुनसरीमा १७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

योसँगै नेपालमा हाल ३१ हजार १४ जना सक्रिय संक्रमित रहेका छन्। ११ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित मध्य २७ हजार ८२० होम आइसोलेसन र तीन हजार १९४ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell