PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

माधव नेपाललाई दोस्रो अध्यक्ष स्वीकार्न सकिन्न : ईश्वर पोखरेल



पहिलोपोस्ट

माधव नेपाललाई दोस्रो अध्यक्ष स्वीकार्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष स्वकार्न नसकिने बताएका छन्।

शुक्रवार पार्टी कार्यालय थापाथलीमा आयोजित खिर खाने कार्यक्रममा पोखरेलले दोस्रो अध्यक्षको प्रस्ताव विधान विपरीत भएको दाबी गरे। उनले एकता लागि १० बुँदे सहमति भएको र त्यसलाई पालना गर्नुपर्ने बताए।

'पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैनन् । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ,' पोखरेलले भने,'हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौँ।' उनले एमालेको विधान मान्न नेपाल पक्षलाई आग्रह गरेका छन्। एमालेको पुरानो कमिटीको विधान माने मात्रै एकता हुने पोखरेलले बताए।

'त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरूलाई नै पालना गर्नु पर्‍यो नि, सबैले,' उनले भने।

नेपाल पक्षबाट दैनिक जसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको बताए। उनले पार्टी भित्र देखिएको विवादको अन्त्य चाँडो हुनुपर्ने बताएका छन्।

पोखरेलले पार्टी एकताको विषयलाई टुङ्ग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारी दिए। यस्तै, एमालेले शनिवार (भोलि) स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell