PahiloPost

Jun 15, 2026 | १ असार २०८३

दार्चुला घटनाको छानबिन गर्न सरकारसँग कांग्रेसको माग



पहिलोपोस्ट

दार्चुला घटनाको छानबिन गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौंः नेपाली कांग्रेसले दार्चुलामा भारतीय एसएसबीले तुइन काटिदिएका कारण नदी पार गर्ने नेपाली युवा हराइरहेको घटनाको छानबिन गर्न माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न तथा भारतीय पक्षसँग सम्वाद गर्न सरकारसँग माग गरेको हो। 
एसएसबीले तुइन काटिदिँदा व्यास गाउँपालिकाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता छन्। 

पीडित नागरिकलाई न्याय दिलाउन तथा राहतको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ। 

कांग्रेसले उक्त घटनाबारे आफ्नो स्थानीय नेतृत्वमार्फत पनि विवरण संकलन गरेको जनाएको छ। स्थानीय नेतृत्वले एसएसबीले तुइन काटिदिएका कारण नै नेपाली युवा धामी नदीमा हराइको जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell