PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

३३ किलो सुन प्रकरणका फरार अभियुक्त भण्डारी पक्राउ



पहिलोपोस्ट

३३ किलो सुन प्रकरणका फरार अभियुक्त भण्डारी पक्राउ

काठमाडौंः ३३ किलो सुन प्ररकणमा फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले झापा गौरादह नगरपालिका ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए।

शुक्रबार दिउँसो गौशालाबाट भण्डारीललाई विषेश सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो।

२०७४ माघ ९ गते दुबईबाट तस्करी गरेर ल्याएको सुन प्ररकणमा प्रहरीका एसएसपीसहित ३० भन्दा बढी व्यक्ति मुछिएका थिए। सोही प्रकरणमा मोरङमा सनम शाक्यको हत्या समेत भएको थियो। तस्करीका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेती अहिले सुन्धारा कारागारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell