PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पूर्वयुवराज पारसले गरे ड्युटीमा रहेका प्रहरीलाई दुर्व्यवहार, ‘कारबाही नगरी सम्झाएर छाडियो’



पहिलोपोस्ट

पूर्वयुवराज पारसले गरे ड्युटीमा रहेका प्रहरीलाई दुर्व्यवहार, ‘कारबाही नगरी सम्झाएर छाडियो’
फाइल फोटो।

काठमाडौं : पटक-पटक प्रहरीसँगको विवादका कारण चर्चामा आउने पूर्वयुवराज पारस शाह फेरि विवादमा तानिएका छन्। शुक्रबार महाराजगञ्जस्थित नारायण गोपाल चोकमा ट्राफिक प्रहरीसँग गरेको अभद्र व्यवहारको कारण उनी चर्चामा आएका छन्।

साँझतिर मोटरसाइकलमा आएका शाहलाई ट्राफिक प्रहरीले रोकेपछि उनीले प्रहरीमाथि अभद्र व्यवहार गरेका हुन्। प्रहरीले पारसलाई रोकेर जान भन्दै आग्रह गरेका हन्छन्। तर, पूर्व युवराज पारसले ‘तैले हिँड्भन्दा जान्न म’ भन्दै प्रहरीमाथि हातपात गरेका थिए।

उनले बारम्बार जान्न भन्दै प्रहरीमाथि दुर्व्यवहार गरेका थिए। तर, शाहलाई कुनै पनि कारबाही नगरी छोडिएको छ।

‘हेल्मेट नलगाइ हिँडेपछि प्रहरीले रोक्न लगाएको थियो। त्यही विषयमा केही भएको देखिन्छ। पछि हेल्मेट लगाएपछि छोडेका हौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी अशोक सिंहले भने।

यअघि पनि विमानस्थलमा शाहले एक प्रहरीमाथि दुर्व्यवहार  गरेका थिए। तर, उनीमाथि कुनै पनि कारबाही भएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell