PahiloPost

Jun 15, 2026 | १ असार २०८३

एमालेको आज स्थायी कमिटी, तीन एजेन्डामा हुँदै छलफल



पहिलोपोस्ट

एमालेको आज स्थायी कमिटी, तीन एजेन्डामा हुँदै छलफल

काठमाडौं : नेकपा एमालेको आज स्थायी कमिटी बैठक बस्दैछ। तुलसीलाल स्मृति भवन च्यासले ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिका अलावा तीनवटा एजेन्डाले प्राथमिकता पाउने छ।

आजको बैठकको मुख्य एजेन्डामा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण रहेको छ।

सत्ताबाट बाहिरिएलगत्तै नेकपा एमालेको पार्टीगत सक्रियता पनि बढ्दै गएको छ। पार्टीको संस्थापन समूह र  माधवकुमार नेपाल सहितको विद्रोही समूहबिच एकताको विषय लम्बिरहेको छ भने दुवै पक्षका नेताबिच घोचपेच जारी छ। हिजोमात्र साउन १५ को अवसरमा नेकपा एमालेले पार्टी कार्यालयमा खिर खाने कार्यक्रम गरेको थियो। त्यसमा नेपाल समूहका नेता अनुपस्थित रहे।

विवादका बिच स्थायी कमिटीले गर्ने निर्णयले नेपाल समूहसँगको दुरी लगायत पार्टीका संगठन र भविष्यप्रति दुरगामी प्रभाव पार्न सक्ने भएकाले एमालेको बैठकप्रति सबैको ध्यान केन्द्रित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell