PahiloPost

Jun 15, 2026 | १ असार २०८३

देउवालाई माधव नेपालको सुझाव : इमान्दार बन्नुस्, खोपको वाचा पुरा गर्नुस्



पहिलोपोस्ट

देउवालाई माधव नेपालको सुझाव : इमान्दार बन्नुस्, खोपको वाचा पुरा गर्नुस्

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड १९ नियन्त्रणमा लाग्न आग्रह गरेका छन्।

अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै नेपालले देउवा सरकार आफ्नो बोली अनुसार नचलेको बताए। उनले सरकारले भने अनुसारले काम नगरेको बताएका हुन्।

नेपालले देउवा सरकारले नसकिने काम गर्छु भन्नु नहुने बताउँदै खोप प्राथमिकता भएको वाचा गरेकाले सबैलाई खोप पुर्‍याउन आग्रह गरे। नेपालले देउवालाई गठबन्धनको भावना अनुसार काम गर्न पनि आग्रह गरे।

'घोषणा गरेर मात्रै आनन्दित हुने समय होइन। तपाईंबाट त्यस्तो नहोस्। जनतालाई दिएको वचन तपाईंले खोप हो। तपाईंले खोप उपलब्ध गराउनुपर्छ। सबै ठाउँमा खोप पुगोस। सबैभन्दा पहिलो कुरा भनेको ज्यान हो,' उनले भने।

नेपालले देउवालाई इमान्दार बन्न सुझाव समेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell