PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

उपेन्द्र यादव जसपाको संसदीय दलको नेतामा सर्वसम्मत चयन



पहिलोपोस्ट

उपेन्द्र यादव जसपाको संसदीय दलको नेतामा सर्वसम्मत चयन

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्।

संसदीय दलको बैठकले सर्वसम्मत रुपमा यादवलाई नेता चयन गरेको सांसद प्रदीप यादवले जानकारी दिए। २१ जना सांसदहरुको उपस्थितिमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले यादवलाई नेताका रुपमा प्रस्ताव गरेका थिए।

निवार्चन आयोगले पार्टी आधिकारिकताको विवाद  टुंग्याएसँगै यादवले आन्तरिक गतिविधि तीब्र पारेका छन्। सरकारमा सहभागी हुनुअघि यादवले संसदीय दलको बैठक बोलाएका थिए। सत्तारुढ गठबन्धनमा रहेका दलहरुमध्ये जसपाले हालसम्म सरकारमा सहभागिता जनाएको छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी हुने नेताको नाम चाँडो टुंगो लगाउन आग्रह गरे पनि जसपाले मन्त्री हुनेको नाम टुंग्याएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell