PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

समानान्तर गतिविधि गर्दै जाउँ, ओली कमजोर भए हाम्रो पार्टीमा भित्र्याउला : रामकुमारी झाँक्री



पहिलोपोस्ट

समानान्तर गतिविधि गर्दै जाउँ, ओली कमजोर भए हाम्रो पार्टीमा भित्र्याउला : रामकुमारी झाँक्री

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले ओलीलाई प्रतिस्पर्धाका लागि तयार रहन चुनौती दिएकी छन्।

उनले नवौं महाधिवेशनबाट आएको कमिटी राखेर पार्टी चलाए आफू त्यसका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताइन्। अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै झाँक्रीले नेपाल दोस्रो अध्यक्ष नहुने बताइन्। उनले विधानमै नभएको व्यवस्थाबाट दोस्रो अध्यक्ष बनाउन खोजिएको भन्दै विरोध गरिन्।

'विधानमा दुईवटा अध्यक्षको व्यवस्था छैन। महाधिवेशनबाट आएकालाई राखेर पार्टी चलाउनुस् तपाईँसँग प्रतिस्पर्धा गर्न तयार छौं,' झाँक्रीले भनिन्।

उनले अब पार्टी एकता हुनेमा आफूलाई शंका भएको बताइन्। एकताका लागि भइरहेका पहल सकारात्मक भएको बताएकी झाँक्रीले समानान्तर गतिविधि जारी राख्न अखिल फोर्सलाई निर्देशन दिइन्। उनले समानान्तर गतिविधि गरेर ओली कमजोर भएपछि पार्टीमा भित्र्याउने बताइन्।

'सहमति होला कि नहोला मलाई शंका छ। साथीहरुले प्रयास गर्नुभएको छ। मेरो सम्मान छ। तपाईँ प्रयास जारी राख्नुस्। हामीले समानान्तर गतिविधि तीब्र बनाउने छौं। ओली कमजोर भए हामी हाम्रो पार्टीमा भित्र्याउँला। हाम्रा कमिटीलाई सक्रिय बनाउँ,' झाँक्रीले भनिन्।

उनले नेपाल समूहलाई छोडेर ओली समूहमा नजान पनि आग्रह गरिन्। 'हामीले आफ्नो सामर्थ्य थाहा पाएनौँ। हामीसँगै छ त्यो कस्तुरी बास्ना खोज्दै अन्त नजाउँ,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell