PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

चाक्सीबारीमा विमलेन्द्र, प्रकाशमान र शशांक बिच छलफल, महाधिवेशनसम्म बन्ला त समीकरण?



पहिलोपोस्ट

चाक्सीबारीमा विमलेन्द्र, प्रकाशमान र शशांक बिच छलफल, महाधिवेशनसम्म बन्ला त समीकरण?
फोटो : पत्रकार रामजी दाहालको फेसबुकबाट


काठमाडौं : नेपाली कांग्रेसको चौधौं महाधिवेशनकै सन्दर्भलाई लिएर नेपाली कांग्रेसका दोस्रो पुस्ताका तीन नेता छलफलमा जुटेका छन्। कांग्रेस संस्थापक नेताका छोराहरु डाक्टर शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबिच चौथो पटक औपचारिक छलफल भइरहेको हो। 

कांग्रेस उपसभापति विमलेन्द्र निधिको पहलमा पहिलो बैठक निधि निवासमा भएको थियो। निधि शेरबहादुर देउवाको टिममा रहेर लामो समय काम गरे पनि आगामी महाधिवेशनमा सभापतिका प्रत्यासी हुन्। उनले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। सभापतिमा पुन: देउवाले आफूलाई उभ्याएपछि उनले राजनीतिक सहकार्यको नयाँ बाटो सुरु गरेका हुन्।

पार्टी सभापतिकै प्रत्यासी रहेका महामन्त्री शशांक कोइराला पनि देउवाविरुद्ध कसरी एक भएर लाग्न सकिन्छ भन्ने दौडमा नै छन्। उनले निधिपछि आफ्नो निवासमा तीन नेताको भेटको वातावरण बनाएका थिए। तेस्रो बैठक सिंहकै निवास चाक्सीबारीमा भएको थियो। सिंह पनि सभापतिका प्रत्यासी हुन्। 

चौथो छलफल पनि सिंहको निवासमा सुरु भएको छ। मुलुकको समसामयिक राजनीति र चौधौं महाधिवेशनलाई लिएर वीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका छोराहरु एक ठाउँमा उभिएका हुन्। यसअघि यी तीनै नेता अलग अलग रणनीति बनाएर कांग्रेसको नेतृत्व लिन अग्रसर थिए। कांग्रेसको दोस्रो पुस्ताको गठजोडलाई कांग्रेसको आगामी महाधिवेशनमा समीकरणहरु फेरबदल हुने संकेतका रुपमा पनि लिइएको छ। त्यसैले पनि यी नेताबिचको भेटघाटलाई महत्वका साथ हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell