PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

दार्चुला प्रकरणमा गृहको वक्तव्यः 'अध्ययनका लागि सुरक्षाकर्मीको टोली घटनास्थल छ, भ्रम सिर्जना हुनेगरि सूचना प्रकाशन नगरौं'



पहिलोपोस्ट

दार्चुला प्रकरणमा गृहको वक्तव्यः 'अध्ययनका लागि सुरक्षाकर्मीको टोली घटनास्थल छ, भ्रम सिर्जना हुनेगरि सूचना प्रकाशन नगरौं'

काठमाडौंः दार्चुला घटनाको छानबिनका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीसहितको टोली घटनास्थल पुगेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको छानबिनको लागि स्थानीय प्रशासनलाई निर्देशन भइसकेको जनाएको छ। निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली घटनास्थलमा पुगेको जनाइएको छ। 

गृहको विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन दिइसकेको र घटनाको वास्तविक सत्य तथ्य जानकारी तथा खोज उद्दारको लागि जिल्ला प्रशासन कार्यालय, दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ४४ नं. गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ।’

मन्त्रालयले स्थलगत अनुगमनमा गएको टोली फर्किएपछि सत्य तथ्य सूचना बाहिर आउने भन्दै सो अघि भ्रामक सूचना प्रसारण नगनै पनि सबैलाई अपिल गरेको छ। 

शुक्रबार दार्चुलाको व्याँस गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो। भारतीय पक्षले भने घटनामा एसएसबीको संलग्नता नरहेको जवाफ नेपाल तर्फको स्थानीय प्रशासनलाई दिइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell