PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अफगानिस्तानमा फेरि बलियो हुँदै तालिवान, नागरिकको प्रश्न : अब के हुन्छ ? 



पहिलोपोस्ट

अफगानिस्तानमा फेरि बलियो हुँदै तालिवान, नागरिकको प्रश्न : अब के हुन्छ ? 
Photo : SCMP via AP

अफगानिस्तानमा तालिवानले आक्रमणलाई तिब्र बनाएको छ। सेप्टरबरसम्म सबै विदेशी सेना अफगानिस्तानबाट हट्ने घोषणा भएपछि तालिवान पुन: सक्रिय भएको हो। केही समययता अफगानी गाउँहरु नियन्त्रण गर्न सफल बनेको तालिवानी लडाकु हाल हेरत, लस्कर घा र कन्दहर शहरमा प्रवेश गरेका छन्। कयौं स्थानमा प्रहरी र तालिवानी लडाकुबिच झडप समेत भएको छ। पछिल्लो केही समययता सरकार र तालिवानको लडाइँमा धेरैजनाको मृत्यु भइसकेको छ। 

इरान र पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रसँगै अफगानिस्तानको आधार भूभाग अहिले तालिवानको नियन्त्रणमा रहेको अनुमान गरिएको छ। 
तालिवानको सक्रियतासँगै मानिसहरु फेरि पलायन हुन सुरु भएको बताइएको छ।

तालिवानले कन्दहर शहरलाई हाल आफ्नो राजधानी बनाउने प्रयास गरेको बताइएको छ। 

अफगानी सरकारले पनि तालिवानी विस्तारलाई रोक्न सकेको छैन। त्यसैले हाल अफगानिस्तानका नागरिकहरु अन्यौलमा देखिएका छन्। राजधानी काबुलका धेरै स्थानमा मानिसहरु एउटै प्रश्न गरिरहेका देखिन्छन् 'अब के हुन्छ ?', तर उनीहरुले उनीहरुले प्रष्ट उत्तर भेट्न सकेका छैनन्।

सरकारले नागरिकलाई 'आत्तिनु पर्दैन' भनेर सम्झाउने प्रयास गरिरहेको छ। तर, तालिवानको पकड बलियो हुँदै जाँदा सरकारको उक्त भनाइप्रति नागरिकले विश्वास गर्न सकेका छैनन्। 

'मानिसहरु आशाबिहिन भइसके। उनीहरु आतंकित छन्, डराइरहेका छन्' एक पत्रकारले अलजजिराले लेखेका छन्। 

मानिसहरु राजधानी काबुल नै तालिवानले कब्जा गर्ने हो कि भन्ने चिन्तामा पनि छन्। केहीले अहिलेदेखि नै काबुल छाड्न सुरु गरिसके। 

यसपटक तालिवान बलियो हुँदै जाँदा अफगानी सरकार कमजोर पर्दै गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। अफगानिस्तान मामिला हेर्ने अमेरिकाको एक संस्थाले पनि अहिले देखिएको स्थितिले अफगानिस्तान सरकारको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell