PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुई दिनदेखि थिएन पानी परेको, तै पनि उर्लियो बाढी, बगायो पक्की पुल : उपल्लो बस्तीको टुट्यो लाइफ लाइन

दुई दिनदेखि थिएन पानी परेको, तै पनि उर्लियो बाढी, बगायो पक्की पुल : उपल्लो बस्तीको टुट्यो लाइफ लाइन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : दुई दिनदेखि पानी नपरेकाले हिजोसम्म पनि स्थानीयहरु फलामे फ्रेम बनाएर त्यसभित्र ढुंगा भरिरहेका थिए। ढुंगा भर्नुको कारण थियो - रातो पुल बचाउनु। हेलम्बुका तीन वटा वडा, मेलम्ची नगरपालिकाका दुई वटा वडाका साथै पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई वडाका बासिन्दाको लाइफलाइन यही पुलसँग जोडिएको थियो।

मेलम्ची खानेपानीको मुहानसम्म जानका लागि पक्की पुल यहीमात्र बाँकी थियो। बाँकी त यसअघि मेलम्चीमा आएको लेदोसहितको बाढीले निमिट्यान्नै पारिसकेको। हेलम्बु गाउँपालिका ६ को चनौटेमा रहेको रातो पुल बचाउन उनीहरुले गरेको मेहनत आज बिहान पानी र हिलोको लेदोसँगै बगेको छ। सँगै बस्ती बचाउनका लागि बनाइएका ग्याबिन वाल थियो, त्यो पनि नदीकै बहावसँग बगेको छ।

मेलम्चीमा विना झरी आएको बाढीले एकाएक पुल बगायो। मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको घर पनि आजै बगाएको छ। मेलम्ची बजारबाट करिब १० किलोमिटर माथि रहेको चनौटो बजार जोगाउन ग्याबिन भर्ने काम चलिरहेकै थियो। तर मेलम्ची बस्तीको बिचबाट बग्न थालेको छ। यसले माथिल्लो बस्तीहरुको बाटो टुटाएको छ। यसअघि नै सम्पर्क टुटेको बस्ती थप संकटमा परेको छ। दुई दिन यता पानी नपरेकाले स्थानीयहरु बस्ती जोगाउन सक्रियताका साथ ग्याविन वाल लगाउन व्यस्त थिए। तर, आज एकाएक उनीहरुको मेहनत फेरि खोलामा गएको छ।

(माथिको सग्लो पुल अब रहेन। तस्विर सौजन्य : किरण देउजा।)



ट्रेन्डिङ पोस्ट

Ncell