PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सचिव सरुवाः अर्थ सचिवमा मधु मरासिनी, शिशिर ढुंगाना पुगे प्रधानमन्त्री कार्यालयमा



पहिलोपोस्ट

सचिव सरुवाः अर्थ सचिवमा मधु मरासिनी, शिशिर ढुंगाना पुगे प्रधानमन्त्री कार्यालयमा

काठमाडौंः सरकारले अर्थसचिवमा मधु मरासिनीलाई सरुवा गरेको छ। सरकार परिवर्तनसँगै अर्थ सचिवको दौडमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र मरासिनी थिए। मरासिनी अहिले महालेखा नियन्त्रक थिए।

त्यस्तै अर्थमा रहेका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

स्रोतका अनुसार मरासिनी बिहान अर्थ सचिवमा सरुवा भएको चिठ्ठी लिन मुख्य सचिवको कार्यालय पुगेका छन्।

हुलाक सेवाबाट निजामती सेवामा प्रवेश गरेका मरासिनी केही समयभित्रै राजस्व सेवामा प्रवेश गरेका थिए। उनी विगत २५ वर्षदेखि अर्थमन्त्रालय अन्तर्गत सेवारत छन्। उनी अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा नेतृत्व गरिसकेका छन्।

मरासिनीले अष्ट्रेलियन नेशनल युनिभर्सिटी(एनयू)बाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। कानुनमा स्नातक र अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट एक्जुकेटिभ एजुकेशन गरेका छन्। उनी न्युर्योकका महाबाणिज्यदूत समेत भइसकेका छन्। सरकारले राजस्व सचिवमा भने कुनै निर्णय गरेको छैन। राजस्व सचिव रामशरण पुडासैनीले साउन २१ गते उमेरहदका कारण अवकाश पाउँदैछन्।

त्यस्तै स्वास्थ्य सचिव लक्ष्मण अर्यालको पनि सरुवा भएको छ। उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell