PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मेलम्ची नदीमा आएको बाढी अझैं रोकिएन, १२ वटा पक्की घर बगायो, ८ वटा कच्ची घरमा क्षती



पहिलोपोस्ट

मेलम्ची नदीमा आएको बाढी अझैं रोकिएन, १२ वटा पक्की घर बगायो, ८ वटा कच्ची घरमा क्षती
फोटोः निमा ग्याल्जेन शेर्पा

काठमाडौं : दुई दिनदेखि नपरे पनि मेलम्ची नदीमा आएको बाढीले मेलम्ची र हेलम्बुबासीलाई त्रासित बनाएको छ। अहिले पनि नदीमा पानीको बहाव कम नहुँदा मानिस त्रासित बनेका हुन्छ। त्यस्तै पानीको बहाव कम नहँदा अन्य क्षति हुनसक्ने आशंकामा क्षति कम गर्नको लागि सुरक्षाकर्मी समेत परिचालन गरिएको छ।

अहिलेसम्म बाढी पहिरोको कारण १२ वटा पक्की घर बगाइसकेको छ। त्यस्तै ८ वटा कच्ची घर समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिए।

हेलम्बुका तीन वटा वडा, मेलम्ची नगरपालिकाका दुई वटा वडाका साथै पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई वडाका बासिन्दाको आवतजावत गर्ने रातो पुल समेत बगाएको छ। त्यस्तै ४ वटा पुल बगाएको प्रहरीले जानकारी दिएको छ। जसमा दुईवटा बगाएको र दुई वाट पुरिएको छ।

'समयमा नै सुचना पाएकाले मानवीय क्षति चाहिँ हुन पाएन। अहिले पनि के होला भनेर सुरक्षाकर्मी परिचालन गरिरहेको छौं,' एसपी अधिकारीले भने।

पुल बगाउँदा सडक सम्पर्क समेत टुटेको छ। सबैभन्दा धेरै हेलम्बु नगरपालिकामा क्षति पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell