PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

म्याद गुज्रिएका सामानमा 'रिलेबलिङ' गर्ने घरमा प्रहरीको छापा, एक सञ्चालक समातिए



पहिलोपोस्ट

म्याद गुज्रिएका सामानमा 'रिलेबलिङ' गर्ने घरमा प्रहरीको छापा, एक सञ्चालक समातिए

काठमाडौंः प्रहरीले काठमाडौंको सानो भर्‍याङ एक गोदाममा छापा पारेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले दिउँसो म्याद गुज्रिएको सामानलाई 'रिलेबलिङ' गर्ने गोदाममा छापा मारेको हो। यसै क्रममा प्रहरीले यस्तो गतिविधि गरेको अभियोगमा वीरगन्ज घर भएका अविनाश अग्रवाललाई नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए।

'म्याद गुज्रिएका सबै प्रकारका सामानहरू ल्याएर अर्को म्याद भएको लेबल टाँसेर विभिन्न ठुला मार्टहरूमा पठाउने गरेको पाइएको छ,' एसपी पंगेनीले भने।

अग्रवालले साढे तीन तल्लाको घर भाडामा लिएर यस्तो काम गर्दै आएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार घरभित्र दुई ट्रक भन्दा बढी म्याद गुज्रिएका समान रहेका छन्। भान्छा प्रयोग हुनेदेखि कस्मेटिक सामान समेत प्रहरीले घरबाट बरामद गरेको हो।

यसरी पुन लेबलिङ गरिएको सामान काठमाडौं उपत्यकाभित्रका ठुला ठुला डिपार्टमेन्ट स्टोरमा पठाउने गरेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell