PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना वेपत्ता, एक जनाको मृत्यु



पहिलोपोस्ट

कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना वेपत्ता, एक जनाको मृत्यु
फाइल फोटो

सुर्खेतः कर्णाली नदीमा डुंगा पल्टिदाँ तीन जना बेपत्ता भएका छन्।

त्यस्तै एक जनाको मृत्यु भएको छ। कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउने क्रममा चालक सहित १० जना सवार डुंगा दुर्घटनामा भएको थियो।

कैलालीको राँगा मलेखाबाट सुर्खेत चौकुने गाउँपालिकाको विजौरामा कोरोना भाइरस विरुद्धको खोप लगाउन आएकाहरु दुर्घटनमा परेको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिए।

‘डुंगामा चालक दुई जनासहित १० जना सवार भएको देखियो। अहिलेसम्म तीन बेपत्ता र एक जनाको मृत्यु भएको बुझिएको छ,’गाउँपालिका अध्यक्ष शाहीले भने।

वेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell