PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साफको कारण देखाउँदै सर्‍यो ए डिभिजन लिग : पुरस्कार रकम बढाएर ७५ लाख पुर्‍याइने



पहिलोपोस्ट

साफको कारण देखाउँदै सर्‍यो ए डिभिजन लिग : पुरस्कार रकम बढाएर ७५ लाख पुर्‍याइने
Photo: ANFA

काठमाडौं : असोज ३ गतेबाट सुरु हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग पछि सरेको छ। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरु बीचको बैठकले दक्षिण एसियाली फुटबल प्रतियोगिता 'साफ च्याम्पियनसिप'को कारण देखाउँदै लिग पछि सारेको हो। अब लिग कार्तिक २९ गतेबाट सुरु हुने एन्फाले जनाएको छ।

बंगलादेशमा हुनुपर्ने साफ प्रतियोगिता रंगशालाको पुनर्निर्माण र कोरोना संक्रमणको कारण त्यहाँ हुन नसकेपछि साफले नेपाललाई पनि प्रतियोगिता आयोजनाका लागि प्रस्ताव गरेको थियो। त्यसैले खेल मिति जुध्न सक्ने देखेर ए डिभिजन लिगको मिति पनि पछि सारिएको हो। त्यस्तै, ललितपुरका चारवटा ए डिभिजन क्ल्बले कोरोनाको कारण देखाउँदै लिग पछि सार्न भन्दै निवेदन दिएका थिए।  

त्यस्तै पुरस्कार रकम समेत बढाइने एन्फाले जनाएको छ। ५० लाखबाट बढाएर ७५ लाख पुर्‍याउने एन्फाले जनाएको छ। दोस्रो र तेस्रो हुने क्लबले क्रमश ५० लाख र २५ लाख प्राप्त गर्नेछन्। त्यस्तै तयारी खर्चबापत एन्फाले सबै क्लबलाई २० लाख रुपैयाँ पाउने छन्।

लिगको पुछारमा रहने दुई क्लब रेलिगेशनमा पर्नेछन्। यसअघिको लिगमा एउटा क्लबमात्र रेलिगेशनमा परेको थियो भने त्यो भन्दा अघिल्लो लिगमा पुछारका दुई क्लबलाई नकारात्मक अंक दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell