PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

देउवा सरकारले अघि बढाउने साझा कार्यक्रमलाई अन्तिम रुप दिन गृहकार्य शुरु



पहिलोपोस्ट

देउवा सरकारले अघि बढाउने साझा कार्यक्रमलाई अन्तिम रुप दिन गृहकार्य शुरु

काठमाडौं : सत्ता गठबन्धनको साझा कार्यक्रमलाई अन्तिम रुप दिन गृहकार्य शुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि बढाउने साझा कार्यक्रम तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिन बालुवाटारमा कार्यदलका नेताहरु छलफलमा जुटेका हुन्।

कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता देव गुरुङले साझा कार्यक्रम तयार भएको बताए। उनले अन्तिम रुप दिनका लागि शीर्ष नेताहरुसँग छलफल हुने बताएका छन्। माओवादीबाट गुरुङ र वर्षमान पुन तथा नेपाली कांग्रेसबाट पूर्णबहादुर खडका, रमेश लेखक र मिनेन्द्र रिजाल कार्यदलमा छन्। यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

पूर्ववर्ती सरकारले गरेका काम र नयाँ सरकारले गठबन्धनको भावना अनुसारको काम गर्न कार्यदल गठन भएको हो। यस्तै, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्ति खारेजका बारेमा पनि कार्यदलले सुझाव दिने छ। सरकार गठन लगतै गठबन्धनका नेताहरुले न्यूनतम सहमतिका आधारमा सरकार चल्नुपर्ने भन्दै कार्यदल गठन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell