PahiloPost

Jun 15, 2026 | १ असार २०८३

दार्चुला घटनाको छानबिन गर्न सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन



पहिलोपोस्ट

दार्चुला घटनाको छानबिन गर्न सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन
फाइल फोटोः रासस

काठमाडौंः प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले दार्चुला घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ।

आज सिंहदरबारमा बसेको बैठकले गृह मन्त्रालयलाई छानबिन गर्नको लागि निर्देशन दिने निर्णय गरेको थियो। त्यस्तै पीडितले न्याय पाउने व्यवस्थाको सुनिश्चित गर्न समेत निर्णय गरिएको छ।

शुक्रवार दार्चुलाको व्याँस गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो। भारतीय पक्षले भने घटनामा एसएसबीको संलग्नता नरहेको जवाफ नेपाल तर्फको स्थानीय प्रशासनलाई दिइसकेको छ।

यता गृह मन्त्रालयले भने घटनाको छानबिनको लागि स्थानीय प्रशासनलाई निर्देशन भइसकेको जनाएको छ। निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली घटनास्थलमा पुगेको जनाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell