PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

कर्णाली नदीमा डुंगा दुर्घटना : मृत्यु भएका एक जनाको सनाखत, बेपत्ताको खोजीकार्य जारी



पी बी खड्का

कर्णाली नदीमा डुंगा दुर्घटना : मृत्यु भएका एक जनाको सनाखत, बेपत्ताको खोजीकार्य जारी
फाइल फोटो।

सुर्खेत : कर्णाली नदीमा डुंगा पल्टिँदा मृत्यु भएका एक जनाको सनाखत भएको छ। मृत्यु हुनेमा मोहन्याल गाउँपालिका-३ की धनसरी शाही रहेकी छिन्।

शव पानीले ढाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बावियाचौरका इन्सपेक्टर बखतबहादुर शाहीले जानकारी दिए। कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउने क्रममा चालक सहित १० जना सवार डुंगा दुर्घटना भएको थियो।

डुंगा पल्टिँदा बेपत्ता हुनेहरुमा सोही स्थानका उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा रहेका छन्। इलाका प्रहरी कार्यालय बावियाचौरका अनुसार उनीहरु सुर्खेतको चौकुने गाउँपालिकास्थित स्वस्थ्यचौकीमा बच्चालाई खोप लगाउन आएका थिए।

बेपत्ताको खोजीकार्यका लागि स्थानीयवासीसहित सुर्खेतको बावियाचौर र कैलालीको सुगरखालबाट प्रहरी टोली घटनास्थलमा परिचालित छन्। नदीमा पानीको बहाव ओर्लदो भएकाले उद्धार कार्यमा समस्या भइरहेको प्रहरीको भनाइ छ।

कैलालीको विकट त्यस क्षेत्रबाट विगतदेखि नै सुर्खेतको चौकुने गाउँपालिकामा अध्ययनका लागि यसैगरी जोखिम मोलेर डुंगा चढेर ओहोरदोहोर गरिरहन्छन्। त्यत्तिमात्रै नभई अन्य सेवा सुविधा उपभोगका लागि समेत त्यसक्षेत्रका नागरिक सुर्खेतमा आउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell