PahiloPost

Jun 15, 2026 | १ असार २०८३

चोरी भएको २४ घण्टाभित्र भेटियो छिन्नमस्ता भगवतीको मुकुट, गाउँमा मुकुट बोकेर हिँडिरहेको अवस्थामा एक जना पक्राउ



पहिलोपोस्ट

चोरी भएको २४ घण्टाभित्र भेटियो छिन्नमस्ता भगवतीको मुकुट, गाउँमा मुकुट बोकेर हिँडिरहेको अवस्थामा एक जना पक्राउ
तस्विर : रासस

काठमाडौंः आइतबार साँझ देखि हराएको छिन्नमस्तास्थित शक्तिपीठ छिन्नमस्ता भगवतीको मुकुट फेला परेको छ।

आज बिहान करिब साढे ७ बजेतिर मुकुट फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र धमलाले जानकारी दिए। प्रहरीले मुकुट चोरेको अभियोगमा विष्णुपुर गाउँपालिका ५ का २५ वर्षीय राजेशकुमार मण्डललाई नियन्त्रणमा लिएको हो।

'हराएको जानकारी आए देखी नै हाम्रो टोली खोजीमा लागेको थियो। आज बिहान मुकुट बोकेर गाउँमा हिँडिरहेको अबस्थामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ.' एसपी धमलाले भने।

मुकुट आइतवार करिब ७ बजेतिर मन्दिरका पुजारी पोखरीमा पानी लिन गएको बेला हराएको थियो। प्रहरीले नियन्त्रणमा लिएका युवक मानसिक सन्तुलन गुमेका व्यक्ति भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell