PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

ललितपुर महानगरपालिकामा 'एलएमसी पुलिस एक्सन टिम' गठन

ललितपुर महानगरपालिकामा 'एलएमसी पुलिस एक्सन टिम' गठन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः ललितपुर महानगरपालिकाले 'एलएमसी पुलिस  एक्सन टिम' गठन गरेको छ।

नगर प्रहरीको कार्यमा तिब्र बनाउँदै सेवालाई थप प्रभावकारी बनाउन नयाँ टिम गठन गरिएको हो। सोमबार बिहान महानगरपालिका प्रमुख चिरफबाबु महर्जनले टिमको शुभारम्भ गरेका थिए।

महानगरपालिकाको प्रहरी प्रमुखमा पूर्व प्रहरी निरीक्षक सिताराम हछेथु नियुक्ति भएदेखि उनले ललितपुर महानगरपालिका व्यवस्थापन र सुरक्षाको लागि विभिन्न कामहरू गरिरहेका छन्। जसको पछिल्लो उदाहरण एलएमसी पुलिस एक्सन टिम हो।

नगरबासीको समस्या तत्काल सहजिकरण गर्ने, शहरलाई सुन्दर र व्यवस्थित गर्न टिम गठन गरेको बताइएको छ। टिमले नगर विकास अभियानमा विरोध पुर्‍याउने व्यक्तिलाई कानुनी दायरमा ल्याउने, विपदमा परेकाहरूको उद्धार गर्ने, सार्वजनिक जग्गा अतिक्रमण हुनबाट रोक्ने लगायतका काम गर्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell