PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

किन टोकियो छाड्न मानिरहेकी छैनन् बेलारुसकी खेलाडी ?



पहिलोपोस्ट

किन टोकियो छाड्न मानिरहेकी छैनन् बेलारुसकी खेलाडी ?
Photo: REUTERS

टोकियो ओलम्पिक खेल्न जापान पुगेकी बेलारुसकी स्प्रिन्टरले आफ्नो देशको नेशनल कोचिङ स्टाफका सदस्याबारे गुनासो गरेपछि उनलाई टोकियोबाट फिर्ता पठाउने निर्णय गरियो। तर, आइतवार टोकियोबाट प्रस्थान गर्न  उनले अस्विकार गरिन्।

२४ वर्षे क्रिस्ट्सिना सिमानोस्कायाले हनेदा विमानस्थलबाट जापानी प्रहरीहरुसँग सहयोग मागिन्। आज बिहानै जापानी सांसद टाइगा इसिकावाले उनलाई भेट्न खोज्दा प्रहरीले उनी त्यहाँ नरहेको बतायो।

माथिल्लो सदनका विपक्षी दलका नेता इसिकावाले उनी रहेको स्थान बताउन प्रहरीले उनलाई अस्वीकार गरेको समाचार संस्था रोयटर्सलाई बताए। प्रहरीले रिपोर्टरहरुलाई पनि केही जानकारी दिएको छैन जो आइतवारदेखि नै उनलाई कुरीरहेका थिए र उनी बाहिरिएको देखेका थिएनन्।

इन्टरनेशनल ओलम्पिक कमिटीले यसअघि नै सिमनउस्कायासँग कुरा भएको र उनी सुरक्षित रहेको बताएको थियो।

'उनले हामीलाई भनेकी छिन् कि उनले सुरक्षित महसुस गरिरहेकी छिन्' आइओसीले ट्वीटरमा उल्लेख गरेको छ। अगाडि के गर्ने भनेर खेलाडी र अधिकारीहरुसँग कुरा भइरहेको आईओसीले जनाएको छ।

सिमानोस्काया हाल एक होटलमा रहेको बताइएको छ।

यो घटनाले पूर्व सोभियत युनियन स्टेट रहेको बेलारुसको अवस्थालाई पनि दर्शाएको छ। बेलारुसमा सन् १९९४ यता राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को शक्तिमा छन्। अघिल्लो वर्ष उनको विरुद्धमा ठूलै आन्दोलन पनि भएको थियो जसमा केही खेलाडी पनि सहभागी थिए। युरोपका अन्तिम तानाशाहविरुद्ध आन्दोलन गरेका खेलाडीलाई कारवाही गरिएको थियो।

सिमनउस्कायाले आइतवार कोचिङ स्टाफहरु उनको कोठामा आएर सामान प्याक गर्न निर्देशन दिएको बताएकी छिन्। उनले आफूलाई बेलारुस ओलम्पिक कमिटीका पदाधिकारीहरुले हानेदा विमानस्थल लगेको बताएकी छिन्।

उनले फ्लाटका लागि बोर्ड पास लिन अस्वीकार गर्दै भनिन्: म बेलारुस फर्किन चाहन्न।

अर्कोतर्फ बेलारुसको ओलम्पिक कमिटीले डाक्टरको सुझाव अनुसार उनको 'इमोसनल र साइकोलोजिकल' अवस्थाका कारण फिर्ता पठाउन खोजिएको बताइएको छ।

उनले शुक्रवार महिलातर्फको १०० हिटमा दौडिएकी थिइन्। र आज २०० मिटर हिट र ४००*४ मिटर रिलेमा आज दौडने तय थियो।

उनले आफूलाई टिमबाट हटाइनुको कारण आफ्नो इन्स्टाग्राम पोस्ट भएको बताएकी छिन्। जसमा एउटा भिडियोमा उनले कोचिङ स्टाफको हेलचेक्राइको आलोचना गरेकी छिन्।

'हाम्रो टिममा केही महिला खेलाडीहरु रिलेमा दौडनका लागि आएका थिएनन्। किनभने उनीहरुको पर्याप्त डोपिङ टेस्ट भएको थिएन,' उनले रोयटर्ससँग भनिन्, 'र, मेरो अपर्याप्त ज्ञानको वावजुत कोचहरुले मलाई त्यो रिलेमा राखिदिए। मैले यो विषय सार्वजनिक रुपमा उठाएँ। त्यसपछी हेडकोच आएर मलाइ हटाउन माथिको आदेश भएको सुनाए।'

एटलेक्टिक्सका प्रमुख प्रशिक्षक युरी मोइसेभिचले एसटीभीसँग कुरा गर्दै टिममा परिवर्तन गर्ने निर्णय भएको तर खेलाडीको तयारीमा प्रभाव पर्ला भनेर घोषणा नगरेको बताए।

'हामीले उनलाई सबै कुरा भन्न चाहेका थियौं। यसको ब्याख्या गर्न कि उनी रिजर्भ खेलाडीका रुपमा रहेकी थिइन्' मोइसेभिचले भनेका छन्।

निर्वासित बेलारुसकको विपक्षी दलको स्भियातलाना सिखानौस्कायाले आईओसीलाई आफ्नो खेलाडीको केस हेर्न आग्रह गरेकी छिन्।

'उनलाई अन्तर्राष्ट्रिय सुरक्षासँग ओलम्पिकमा सहभागिता जनाउने अधिकार छ,' उनले ट्वीटरमा लेखेकी छिन्, 'र, बेलारुसको ओलम्पिक कमिटीले खेलाडीको अधिकार अतिक्रमण गरेकोबारे पनि अनुसन्धान हुन आवश्यक छ।'

उनले बेलारुसमा सुरक्षा हुने हो भने कोही बेलारुसी जनता बेलारुस छाड्न नचाहने तर्क गर्दै केही राजनीतिक घटनाक्रमको पनि उदाहरण दिएकी छिन्।

राष्ट्रपति लुकासेन्कोविरुद्ध अघिल्लो वर्ष बेलारुसमा प्रदर्शन भएको थियो। जसमा चुनावमा भएको धाँधली, हिंसक कारवाहीलगायतका घटनाक्रममा विरुद्ध प्रदर्शन भएको थियो।

उक्त र्यालीहरुमा बेलारुसका केही चर्चित खेलाडी पनि सडकमा उत्रिएका थिए। ती मध्ये धेरै खेलाडी जेलमा छन भने कति राष्ट्रिय टिमबाट निकालिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell