PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

सात दिनमा १ केजी ५ सय ग्राम कोकिन सहित १३ जना समातिए, कारोबारीको कोठामा खानतलासी गर्दा २ केजी नक्कली सुन भेटियो



पहिलोपोस्ट

सात दिनमा १ केजी ५ सय ग्राम कोकिन सहित १३ जना समातिए, कारोबारीको कोठामा खानतलासी गर्दा २ केजी नक्कली सुन भेटियो

काठमाडौंः लागु औषध कोकिन सहित प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

लागु औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँका विभिन्न स्थानबाट १ किलो ५ सय १२ ग्राम कोकिन सहित उनीहरूलाई नियन्त्रणमा लिएको ब्युरोका एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले साउन ७ गते काठमाडौंको पकनाजोलको एक होटलेबाट चार जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुबाट ५ सय ग्राम कोकिन फेला परेको थियो। त्यस्तै उनी मध्ये मन गुरुङको डेरा खानतलासी गर्दा २ किलो ४ सय ग्राम सुन समेत फेला पारेको थियो।

प्रहरीले बरामद गरेको सुन नक्कली भएको पुष्टि भएको छ।

प्रहरीले साउन १० गते चितवन भरतपुर  महानगरपालिका ७ बाट गोरखा बारपाक घर भएका ४५ वर्षीय सुरोज गुरुङलाई नियन्त्रणमा लियो। त्यसपछि अनुसन्धान गर्दै जाँदा थप मानिस पक्राउ परेका हुन्। त्यसपछि प्रहरीले  अञ्जु थापा मगरलाई ३ सय २९ ग्राम कोकिन सहित पक्राउ गरेको थियो। साउन १० गते नै काठमाडौंको रानीवारी बस्ने मुना तामाङ र रक्की आले मगरलाई नियन्त्रणमा लिएको एसपी श्रेष्ठले जानकारी दिए।

साउन ११ गते प्रहरी काठमाडौं रानीबारीबाट नै रायल थापा मगर, टोखाबाट सन्दीप पटेल, मिराज ढकाललाई नियन्त्रणमा लिएको हो। असार १३ सुदन शाक्यलाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट मछिन्द्र धमला पक्राउ परे।

बरामद गरेको कोकिनको बजार मूल्य ४ करोड ५३ लाख रुपैयाँ पर्ने प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell