PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अन्ततः नेपाललाई पर्खिएनन् ओलीः आफ्ना समूहका नेता राखेर विभाग गठन, स्कुल विभाग प्रमुखमा ओली



प्रकाश भण्डारी

अन्ततः नेपाललाई पर्खिएनन् ओलीः आफ्ना समूहका नेता राखेर विभाग गठन, स्कुल विभाग प्रमुखमा ओली
फोटोः राजन काफ्ले

काठमाडौंः नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले विभिन्न ९ विभाग गठन गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विभाग गठनको निर्णय गरेका हुन्।

प्रवक्ता प्रदीप ज्ञवालीले विभाग गठन भएको बताए। उनले विभाग बढीमा २५ सदस्यीय बनाउने मिल्ने भए पनि अहिले थोरै नेता राखेर बनाइएको उनको भनाई छ।

संगठन विभागको प्रमुखमा विष्णु पौडेल तोकिएका छन्। संगठन विभाग हाल १४ सदस्य रहेको ज्ञवालीले बताए। 

सुवास नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग, विष्णु रिमालको नेतृत्वमा २ सदस्यीय आर्थिक मामिला विभाग गठन भएको छ।

प्रदीप ज्ञवाली प्रमुख रहेको १५ सदस्यीय प्रचार विभाग गठन गर्ने एमालेले निर्णय गरेको छ। 

पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल चयन भएका छन्। जसमा १५ सदस्य तोकिएका छन्। ११ सदस्यीय स्कुल विभागको प्रमुखमा ओली आफैँ छन्।

विदेश विभागको प्रमुख राजन भट्टराई छन्। उक्त विभाग १४ सदस्यीय छ। ६ सदस्यीय निर्वाचन विभागको प्रमुख अग्नि खरेल तोकिएका छन्। स्थानीय तह विभागमा देवेन्द्र दाहाल प्रमुख छन्। उक्त विभाग १४ सदस्यीय रहेको एमालेले जनाएको छ।

३ दिनसम्म बसेको स्थायी कमिटी बैठक आज सकिएको छ। विधान महाधिवेशन भदौ २७ र २८ गते गर्ने निर्णय बैठकले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell