PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सत्ता गठबन्धनको समझदारीः पहिले न्यूनतम साझा कार्यक्रम अनि मन्त्रिपरिषद् विस्तार



नेत्र तामाङ

सत्ता गठबन्धनको समझदारीः पहिले न्यूनतम साझा कार्यक्रम अनि मन्त्रिपरिषद् विस्तार
सत्ता गठबन्धनको कार्यदलको बैठक । फोटोः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँः सत्तारुढ गठबन्धनले सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रममा समझदारी गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको छ। कार्यक्रम तय, मन्त्रिपरिषद् विस्तार लगायतका एजेण्डामा नियमित छलफल भइरहे पनि गठबन्धनले निष्कर्ष निकाल्न सकेको छैन। सोमबार कार्यदल र गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठक बसेको थियो। बैठकले न्यूनतम साझा कार्यक्रम तय गरेपछि मन्त्रिपरिषद् विस्तारको समझदारी बनाएको हो। 

न्यूनतम साझा कार्यक्रम भने कार्यदलस्तरमा छलफल जारी छ। 

‘आज न्युनतम साझा कार्यक्रममा छलफल भयो। सरकार सञ्चालन सम्बन्धी छलफल भयो। कार्यदलले गरेका कामको ब्रिफिङ भयो’, प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भने। 

गठबन्धको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको थियो। तर विस्तारबारे कुनै ठोस सहमति भने भएन। 

सत्ता गठबन्धनको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता पूर्णबहादुर खड्का सहभागी थिए। 

न्यूनतम साझा कार्यक्रम तय गर्नेबारे सोमबार बिहानैबाट कार्यदलको बैठक बालुवाटारमा बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell