PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले भने : हेटौंडामा स्वास्थ्य क्रान्ति आयो



पहिलोपोस्ट

अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले भने : हेटौंडामा स्वास्थ्य क्रान्ति आयो

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार हेटौंडा अस्पतालमा २०० शय्याको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन्।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा थप २०० शय्याको भवन प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको लागनीमा निमार्ण गर्न लागिएको हो। कुल २२ करोड ८६ लाख ३१ हजार ३६६ रुपैयाँ लागतमा बन्न लागेको ६ तल्ले भवनको ठेक्का असार १८ गते नै विकेओआइ र नव श्रीजनशिल निर्माण कम्पनीसंग गरिएको थियो। कुल लागत अनुमान भन्दा २६ प्रतिशत कम लागतमा ठेक्का सम्झौता भएको छ।

उक्त भवन ३ भागमा बन्ने छ। भवन आगामी २ वर्षभित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई २०८० साल पुस भित्र हस्तान्तरण गर्ने लक्ष्य राखिएको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव सञ्जिव बरालले बताए।

मंगलबार भएको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडा अब स्वास्थ्य क्षेत्रमा देशमै अब्बल रहने जिकिर गरे।

भने, ‘अब हेटौंडामा स्वास्थ्यमा एउटा क्रान्ति आएको छ। हिजोको दिनमा हामीले जुन सपना देखेका थियौं। त्यो सपना प्रदेश सरकार आएपछि विपनामा परिणत भएको छ। हेटौंडा अस्पतालको ५० बेडको शय्यालाई ९०० बेडको शय्यासम्म पुर्‍याउने अठोट लिएका छौ। यसै वर्ष ५०० बेडको शय्याका तयारी गरेका छौ।'

हेटौंडा अस्पतालाई सबै प्रकारका साधन, स्रोत र जनशक्ति सम्पन्न बनाउने उनले बताए। अस्पतालको व्यवस्थापनलाई सुधार गर्दै प्रदेशभरबाट स्वास्थ्य सेवा लिन हेटौंडालाई केन्द्र बनाउने समेत उनले बताए।

पौडेलले केहि दिनमै हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट राख्न तयारी भइरहेको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell