PahiloPost

Jun 15, 2026 | १ असार २०८३

अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौंः जिल्ला प्रहरी कार्यालय दाङको टोलीले अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

सोमबार साँझ दाङको गढवा गाउँपालिका वडा नम्बर १ जुरौली भन्ने स्थानमा प्रहरीले शङ्का लागेर जाँच गर्दा दुई भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

पक्राउ पर्नेहरूमा भारतको सिद्धार्थनगर नगरपञ्चायत बढनी बस्ने २२ वर्षीय करमुल्लाह आमिर र १९ वर्षीय राजा खान रहेका छन्। उनीहरूको साथबाट प्रहरीले  अमिरको कम्मरमा रहेको सिल्भर कलरको अटोमेटिक पेस्तोल फेला परेको हो। त्यस्तै म्यागजिन दुई वटा र गोली दुई वटा फेला परेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell