PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

दार्चुला घटनाबारे भारतसामु औपचारिक विरोध जनाउन सरकारसँग एमालेको माग



पहिलोपोस्ट

दार्चुला घटनाबारे भारतसामु औपचारिक विरोध जनाउन सरकारसँग एमालेको माग

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महाकाली घटनालाई लिएर भारतसामु औपचरिक विरोध जनाउन माग गरेको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा विषेश समयमा एमाले सांसद गणेश ठगुन्नाले भारतको औपचारीक विरोध गर्न माग गरेका हुन्।

गत शुक्रवार बिहान दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएका थिए। यही विषयलाई लिएर संसदमा ठगुन्नाले औपचारिक विरोध गर्न माग गरेका हुन्।

त्यस्तै प्रतिनिधिसभामा बोल्ने अन्य सांसदले पनि दार्चुला घटनाका बारेमा अनुसन्धान गर्न संसदीय छानविन समिति बनाउनुपर्ने माग गरेका छन्।

'सरकारले भारत सरकारसँग ‍औपचारिक विरोध जनाओस्। दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस्,' सांसद ठगुन्नाले भने।

घटनाबारे १० दिन भित्र प्रतिवेदन पेस गर्न गृहमन्त्री स्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। टोली अहिले घटनास्थलतर्फ जाँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell