काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना संक्रमण उच्च हुँदै गएकाले कुनै पनि जुलुस, धर्ना, गोष्ठी लगायतका मानिसको भिड हुने कार्य नगर्न अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले भिडभाड नगर्न अनुरोध गरेको हो।काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। सार्वजनिक सवारी साधन, व्यापारिक क्षेत्र खुलेका छन्। सपिङ मल, होटेल, सभा, र्याली, धर्ना गोष्ठीमा भने रोक लगाइएको छ। तर अहिले विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले भने विभिन्न प्रदर्शन र समर्थन भन्दै र्याली, जुलुस र विरोधका कार्यक्रम गर्दै आएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा कोरोना संक्रमण दर उच्च हुँदै गएकाले अस्पतालका बेडहरूमा समेत बिरामीको चाप बढेकाले यस्ता गतिविधि नगर्न भनिएको छ।
