PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

'अल्पमत'मा रहेका मुख्यमन्त्री पोखरेल विरुद्ध फेरी अविश्वासको प्रस्ताव ल्याउने तयारीमा विपक्षी



पहिलोपोस्ट

'अल्पमत'मा रहेका मुख्यमन्त्री पोखरेल विरुद्ध फेरी अविश्वासको प्रस्ताव ल्याउने तयारीमा विपक्षी

बुटवलः लुम्बिनीका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्।

मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गर्ने तयारी रहेको नेपाली काँग्रेसका सांसद फखरुदिन खानले बताए।

‘अहिले सबै दलको संयुक्त बैठक रहेको छ। आज कार्यालय समय भित्र अविश्वासको प्रस्ताव दर्ता हुन्छ,' सांसद खानले भनिन्।

यस्तै जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवले पनि अविश्वासको प्रस्तावको विषयमा छलफल गरेर निर्णयमा पुग्ने बताए।

‘अहिले म बैठक स्थलमा आएको छु। अविश्वासको प्रस्ताव दर्ताको तयारीका लागि संयुक्त बैठक बस्न लागिएको हो,' सांसद यादवले भने।

यसअघि लुम्बिनीका विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले दुई पटक अविश्वासको प्रस्ताव दर्ता गरी सकेका छन्। मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षीहरूले वैशाख ६ गते पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell