PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

ओली सरकारको जनविरोधी निर्णय खारेज गर्न एमाले सांसद झाँक्रीको माग



पहिलोपोस्ट

ओली सरकारको जनविरोधी निर्णय खारेज गर्न एमाले सांसद झाँक्रीको माग

काठमाडौं : एमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले केपी शर्मा ओली सरकारले गरेको जनविरोधी कामहरुलाई खारेज गर्नुपर्ने बताएकी छन्।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा उनले यस्तो बताएकी हुन्। प्रतिनिधिसभामा प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएकी सांसद झाँक्रीले ओली नेतृत्वको सरकारले गरेका जनविरोधी कार्य खारेज गर्न सरकारसँग माग गरेकी हुन्।

'सरकारले संविधानलाई ट्रयाकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ति सरकारले गरेका जनविरोधी कामहरुलाई खारेज गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ,' उनले भनिन्, 'यसको एउटा राम्रो उदाहरण हो, झापाको गिरिबन्धु टि स्टेट गार्डेनको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डल पनि आएको छ। यसतर्फ सरकारको म ध्यानाकर्षण गराउन चाहन्छु।'

यता, एमालेकै सांसद मेटमणि चौधरीले अब प्रतिनिधिसभा पुरा अवधि चल्नुपर्ने बताए। उनले संविधानको पालना गरि सोही अनुरुप सरकार संचालन गर्नसमेत सरकारको ध्यानाकर्षण गराए। सत्तामा बसेर घमण्ड नदेखाउन समेत उनले सचेत गराए।

‘बाँकी अवधिभर जनप्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन नहोस्, संविधानको धारा, उपधारामा उल्लेख भए बमोजिम नै नेपाल सरकार अगाडि बढोस्,’ उनले भने, ‘संविधानको पालना गर्ने क्रममा ध्यान पुगोस्। शक्ति र सत्तामा छु भन्दैमा सरकारको नेतृत्व गर्ने व्यक्तिहरुमा घमण्ड नहोस्।’

चौधरीले एमालेको माधव समूहका नेता हुन्। उनले पनि प्रतिनिधिसभामा शेरवहादुर देउवालाई विश्वासको मत दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell