PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

ओलम्पिक फुटबल: मेक्सिकोलाई हराउँदै ब्राजिल फाइनलमा



पहिलोपोस्ट

ओलम्पिक फुटबल: मेक्सिकोलाई हराउँदै ब्राजिल फाइनलमा
Photo: Lucas Figueiredo / CBF

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा आज सम्पन्न पहिलो सेमिफाइनलमा मेक्सिको यू २३लाई हराउँदै ब्राजिल यू २३ फाइनलमा प्रवेश गरेको छ। इबाराकी कासिमा स्टेडियममा सम्पन्न खेलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिलले फाइनलको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटको समयसम्म दुबै पक्षबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो। तर, अतिरिक्त समयमा पनि दुबै पक्षले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो।

पेनाल्टीमा मेक्सिकोले सुरुका दुई अवसरमा चुकेको थियो भने ब्राजिलले लगतार गोल गर्दा ४-१ ले खेल आफ्नो पक्षमा पार्‍यो। आजै हुने अर्को सेमिफाइनल खेलमा जापान र स्पेन आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell