PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थपियो, के के मा अझै छ निषेधाज्ञा ?



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थपियो, के के मा अझै छ निषेधाज्ञा ?

काठमाडौंः काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप गरिएको छ।

काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। साउन २७ गतेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएको हो।पछिल्लो पटक थप भएको निषेधाज्ञा भोलि राति १२ बजेबाट सकिदैंछ।

सबै प्रकारका सभा, र्‍याली, जुलुस, गोष्ठी, सिनेमा हल, डान्सबार, रेष्टुरेष्ट लगायतका मानिसको भिडभाड हुने गतिविधि गर्न लगाएको रोक यस पटक पनि जारी राखिएको छ। त्यस्तै विभिन्न तहमा हुने परीक्षा एउटा कक्षा कोठामा २५ जना भन्दा बढी नराखी गर्न पाइने भएको छ।

काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ।

निषेध गरिएका गतिविधिहरु

१.सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न/ गराउन नपाउने।

२. खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/ गराउन नपाउने। यस व्यवस्थालाई थप कडाईका साथ लागु गरिने ।

३. पुजारीबाट हुने नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु संचालन गर्न नपाउने। ४. शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्यूसन सेन्टर, कोचिङ्ग सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमापठन पाठन गर्न गराउन नपाउने।

५. स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell