PahiloPost

Jun 15, 2026 | १ असार २०८३

घरभित्र ओखर खेल्दै गर्दा २१ जना जुवाडे समातिए



पहिलोपोस्ट

घरभित्र ओखर खेल्दै गर्दा २१ जना जुवाडे समातिए

काठमाडौंः अवैध रूपमा पैसाको हारजित हुने गरी ओखर खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित विजेश्वरीबाट उनीहरूलाई नियन्त्रणमा लिउको हो।

विजेश्वरी स्थित प्रकाश शाहीको घरको चौथो तल्लामा कोठाभित्र ओखर खेल्ने स्थान बनाइ खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले नगद समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell