PahiloPost

Jun 15, 2026 | १ असार २०८३

काठमाडौंको चमतीमा एक महिलाको हत्या, अनुसन्धानको क्रममा श्रीमान् नै समातिए



पहिलोपोस्ट

काठमाडौंको चमतीमा एक महिलाको हत्या, अनुसन्धानको क्रममा श्रीमान् नै समातिए
फाइल फोटो

काठमाडौंः काठमाडौंको चमतीमा एक महिलाको हत्या भएको छ।

आज बिहान करिब १ बजेतिर हत्या भएको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। काठमाडौं महानगरपालिका १६ चमती बस्दै आएकी २८ वर्षीय बबिता राईको हत्या भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।

' घाँटी थिचेर हत्या गरेको देखिएको छ। शरीरमा कुनै हतियार प्रयोग गरिएको छैन। थप अनुसन्धान गरिरहेका छौँ,' डिएसपी बुढाथोकीले भने।

प्रहरीले हत्या गरेको अभियोगमा नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका गोतामे मृतका श्रीमान् हुन्। अभियुक्त गौतामेले आफूले हत्या गरेको स्वकार गरिसकेको प्रहरीले जानकारी दिएको छ। आफूलाई दैनिक विभिन्न कुराले टचर दिएकाले हत्या गरेको प्रहरीमा बयान दिएको डिएसपी बुढाथोकीले बताए।

उनीहरू बिच करिब ५ वर्षअघि विवाह भएको खुलेको छ। बबिता रामेश्वरकी दोस्रो श्रीमती हुन्। उनीहरू बालाजुको एक उद्योगमा काम गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell