PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

तुइनको तार काटिएको कारण नै दार्चुला घटना भयो, भारतले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ



पहिलोपोस्ट

तुइनको तार काटिएको कारण नै दार्चुला घटना भयो, भारतले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौः नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्ने माग गरेका छन्।

राष्ट्रियसभाको विषेश समयमा बोल्दै श्रेष्ठले भारतीय सीमा सुरक्षा बलका जवानले तुइनको तार काटेकै कारण जयसिंह धामी वेपत्ता भएको बताए।

'अहिलेसम्म आएको तथ्यले के प्रष्ट गरेको छ भने भारतीय सीमा सुरक्षा बलका व्यक्तिकै कारणबाट तुइनको तार काटिएका कारणबाट जयसिंह धामी महाकाली नदिमा वेपत्ता भएका हुन्। यसका निम्ति भारतले अभिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्दछु,' श्रेष्ठले भने।

साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका थिए। गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell