PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कामै गर्न नसकेको जसरी जिम्मेवारीबाट हटाउन खोजे न्याए माग्छु, तर उपयुक्त जिम्मेवारी दिए स्वीकारेर अघि बढ्छुः हितेन्द्रदेव शाक्य



पहिलोपोस्ट

कामै गर्न नसकेको जसरी जिम्मेवारीबाट हटाउन खोजे न्याए माग्छु, तर उपयुक्त जिम्मेवारी दिए स्वीकारेर अघि बढ्छुः हितेन्द्रदेव शाक्य

काठमाडौः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले दोष देखाएर नभई आवश्यकता देखाएर नयाँ जिम्मेवारी दिए स्वीकार्ने बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा मंगलबार ऊर्जा मन्त्री पम्फा भुसालले शाक्यलाई राजीनामा दिन आग्रह गरेकी थिईन्।

'प्राधिकरणमा कामै गर्न नसकेको जसरी जिम्मेवारीबाट हटाउन खोजे न्याए माग्न जान्छु। तर उपयुक्त ठाउँमा जिम्मेवारी दिए त्यसलाई स्वीकारेर अघि बढ्छु,' उनले भने।

बुधबार पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै शाक्यले आफूले शतप्रतिशत काम गरेको पनि दावी गरे। कोभिड १९ महामारीका कारण फिल्डमा खटिन नपाउँदा चुहावट बढेको स्वीकार्दै नाफा घट्नुमा भने डेडिकेटेड फिडरको महशुल खारेजी र प्राधिकरणको उत्पादन घटेर भारतबाट बढी विद्युत आयात प्रमुख कारण रहेको बताए।

प्राधिकरणले अघिल्लो वर्षको तुलनामा आधा मात्रै नाफा गर्ने प्रक्षेपण गरिएको छ। अघिल्लो वर्ष करिब १२ अर्ब रुपैयाँ नाफा गरेको प्राधिकरणले गत वर्ष भने ६ अर्ब रुपैयाँ मात्रै नाफा हुने प्रक्षेपण गरेको छ।

डेडिकेटेड फिडर खारेज हुँदा साढे तीन अर्ब रुपैयाँ आम्दानी गुमेको बताउँदै चुहावट बढेका कारण डेढ अर्ब रुपैयाँ आम्दानी गुमेको शाक्यले बताए। आम्दानी घट्दा पनि सञ्चालन र प्रशासनिक खर्चमा दुई अर्ब रुपैयाँ जोगाउँदा प्राधिकरणको नाफामा यतिको भएको उनले दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell