PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ओलम्पिकबाट स्वदेश फर्किन नमानेकी बेलारुसी खेलाडी क्रिस्टिना टोकियोबाट बाहिरिन्



पहिलोपोस्ट

ओलम्पिकबाट स्वदेश फर्किन नमानेकी बेलारुसी खेलाडी क्रिस्टिना टोकियोबाट बाहिरिन्
Photo: Getty Images

ओलम्पिकबाट स्वदेश फर्किन अस्वीकार गरेकी स्प्रीन्टर क्रिस्ट्सिना सिमानोस्काया आज टोकियोबाट प्रस्थान गरेकी छिन्।

टोकियो ओलम्पिकमा २०० मिटर दौडमा सहभागी हुनुपर्ने उनलाई बेलारुसी अधिकारीहरुले जबरजस्ती स्वदेश फर्काउन 'जबरजस्ती' गरेपछि उनले सहयोगको याचना गरेकी थिइन्। त्यसअघि उनले इन्स्टाग्रामा खेल अधिकारीहरुको आलोचना गरेकी थिइन्।

सिमनउस्कायाले आइतवार कोचिङ स्टाफहरु उनको कोठामा आएर सामान प्याक गर्न निर्देशन दिएको बताएकी थिइन्। उनले आफूलाई बेलारुस ओलम्पिक कमिटीका पदाधिकारीहरुले हानेदा विमानस्थल लगेको बताएकी छिन्।

उनले फ्लाटका लागि बोर्ड पास लिन अस्वीकार गर्दै बेलारुस फर्किन नचाहेको बताएकी थिइन्।

अर्कोतर्फ बेलारुसको ओलम्पिक कमिटीले डाक्टरको सुझाव अनुसार उनको 'इमोसनल र साइकोलोजिकल' अवस्थाका कारण फिर्ता पठाउन खोजिएको बताइएको छ।

उनले शुक्रवार महिलातर्फको १०० हिटमा दौडिएकी थिइन्। र आज २०० मिटर हिट र ४००*४ मिटर रिलेमा आज दौडने तय थियो।

उनले आफूलाई टिमबाट हटाइनुको कारण आफ्नो इन्स्टाग्राम पोस्ट भएको बताएकी छिन्। जसमा एउटा भिडियोमा उनले कोचिङ स्टाफको हेलचेक्राइको आलोचना गरेकी छिन्।

'हाम्रो टिममा केही महिला खेलाडीहरु रिलेमा दौडनका लागि आएका थिएनन्। किनभने उनीहरुको पर्याप्त डोपिङ टेस्ट भएको थिएन,' उनले रोयटर्ससँग भनिन्, 'र, मेरो अपर्याप्त ज्ञानको वावजुत कोचहरुले मलाई त्यो रिलेमा राखिदिए। मैले यो विषय सार्वजनिक रुपमा उठाएँ। त्यसपछी हेडकोच आएर मलाइ हटाउन माथिको आदेश भएको सुनाए।'

बुधवार टोकियोको नारिता विमानस्थलमा लगेज लिएर पुगेकी उनी अस्ट्रेलियन एयलाइन्सको फ्लाइटमार्फत प्रस्थान गरेकी हुन्।

उनी उक्त फ्लाइटमार्फत पोल्याण्डको वार्सा प्रस्थान गरेको विश्वास गरिएको छ, जहाँ उनलाई शरण दिन त्यहाँका प्रधानमन्त्रीले 'ह्युमानिटेरियन भिजा' दिने घोषणा गरेका थिए। यद्यपि उनी पोल्याण्ड नै गइन् या अस्ट्रिया गइन् भन्नेमा स्पस्ट भने छैन।

पोल्याण्डका सहायक विदेश मन्त्री मार्किन प्रजिडाक्जले ट्वीटगर्दै सुरक्षालाई ध्यानमा राख्दै फ्लाइट डिटेल भने उपलब्ध गराउन नसकिने बताए।

सीएनएनसँग कुरा गर्दै सिमनउस्कायाले ओलम्पिक गुमाउनु परेका कारण आफू दु:खी रहेको बताएकी थिइन्।

'म खेलका लागि तयार थिएँ, २०० मिटर दौडमा। ओलम्पिकमा प्रदर्शन गर्ने मेरो सपनालाई उनीहरुले पुरा हुने दिएनन्। मैले पाएको अवसरलाई उनीहरुले खोसे।' उनले भनेकी थिइन्।

इन्टरनेशनल ओलम्पिक कमिटीका प्रवक्ता मार्क आडम्सले बुधवार आईओसीको अनुशासन आयोगले बेलारुसका मुख्य प्रशिक्षक र अधिकारीसँग यो केसका बारे तथ्यहरु सुन्ने बताएका छन्। यो सन्दर्भमा बेलारुसको ओलम्पिक कमिटीले लिखित रिपोर्ट समेत बुझाइसकेको उनले बताएका छन्।

मंगलवार आईओसीले यो प्रकरणमा औपचारिक अनुसन्धान सुरु गरेको थियो।

बेलारुसको ओलम्पिक कमिटीले सिमनउस्कायालाई उनको 'इमोसनल र साइकोलोजिक'अवस्थाका कारण खेलबाट फिर्ता बोलाइएको दाबी गरेको छ।

जसलाई अस्वीकार गर्दै सिमनउस्कायाले उनलाई कुनै डाक्टर परीक्षण नगरेको र उनलाई कुनै मानसिक समस्या नभएको दाबी गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell