PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बस्ती बचाउन आफ्नै बलबुताले तारजाली लगाउँदै मेलम्चीबासी

बस्ती बचाउन आफ्नै बलबुताले तारजाली लगाउँदै मेलम्चीबासी

समर्थ रञ्जित/पहिलोपोस्ट


मेलम्ची : शनिवार मेलम्ची बाढीले १४ घर बगायो। सोही बाढीले दोस्रो दिन थप ७ घर बगायो। असार १ गते भ्रेमाथाङबाट झरेको बाढी र पहिरोले मेलम्ची बजारका अधिकांश भाग बगरमा परिणत गराएको थियो।

नदीले आफ्नो धार समातेपछि स्थानीयले आफ्नै प्रयासमा घरबाट बालुवा लेदो निकाल्ने र पुनर्निर्माण र पुनर्वासको प्रयास थालेका थिए। सोही क्रममा पुन: शनिबार बाढी आयो। बाढीले बजारमा थप क्षति पुग्ने देखिएपछि स्थानीले आफ्नै प्रयासमा नदीको कटानबाट जोगिन तारजाली लगाउन सुरु गरेका छन्।

मेलम्ची पुनर्निर्माण तथा सरोकार समितिको नेतृत्वमा मंगलबारदेखि नेपाली सेना ,सशस्त्र ,जनपद प्रहरी र स्थानीयको सहयोगमा नदीको कटान रोक्न ढुंगा जाली राख्न थालिएको हो।

नयाँ पुलमुनि दोभान क्षेत्रमा बाढीले क्षति पुर्याएपछि महावीर श्रेष्ठको नेतृत्वमा रहेको समितिले दोभान क्षेत्रमा तारजाली लगाउन सुरु गरेको स्थानीयले जनाए। स्थानीय सागर श्रेष्ठ पनि उक्त कार्यमा खटिएका छन्।

मेलम्ची नगरपालिकाले भने जोखिमयुक्त क्षेत्रमा अहिले नै बसिहाल्न नहुने भन्दै स्थानीयलाई सचेत गराएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell