PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोना संक्रमणदर बढ्दोः थप ४ हजार १०७ जनामा संक्रमण, उपत्यकामा मात्रै १ हजार २७९ जना संक्रमित पहिचान



पहिलोपोस्ट

कोरोना संक्रमणदर बढ्दोः थप ४ हजार १०७ जनामा संक्रमण, उपत्यकामा मात्रै १ हजार २७९ जना संक्रमित पहिचान

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १ सय ७ जनामा कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।

१६ हजार २ सय ९८ जनाको परीक्षण गर्दा ४ हजार १ सय ७ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ११ हजार ३ सय ५४ जनाको परीक्षण गरिएको थियो। जसमा २ हजार ९ सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै ४ हजार ९ सय ४४ जना एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ३२ जना मा संक्रमण पुष्टि भएको छ। 

यो अवधिमा देशभरबाट १ हजार ५ सय ३५ जना संक्रमण मुक्त भएका छन्। २४ घण्टा संक्रमित भएका ३५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार २ सय ७९ जना रहेका छन्मा। जसमध्ये भक्तपुरमा २ सय ६ जना, काठमाडौंमा ९ सय ८ जना र ललितपुरमा १ सय ६५ जनामा संक्रमित पहिचान भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell