PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, ओलीको भने आपत्ति



माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, ओलीको भने आपत्ति

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सघाउँदै आएको एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्न लागेको हो। हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो।

नेपाल समूहले सरकारमा जाने कि नजाने भन्ने स्पष्ट रोडम्याप नदिँदा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। आजको बैठक यही विषयमा केन्द्रित हुने बताइएको छ। नेपाल पक्षको सरकारमा सहभागिताबारे अन्तिम निर्णय नआएकाले कार्यदलले सरकार सञ्चालन सम्बन्धी न्युनतम साझा कार्यक्रमसमेत टुंगो लगाउन सकेको छैन।

सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले न्युनतम साझा कार्यक्रम टुंगो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सोमवार गरेको थियो। बुधवार अन्तिम रुप दिने भनिए पनि कार्यदलले न्युनतम साझा कार्यक्रम सार्वजनिक अझै गरेको छैन।

पार्टी विवादबारे पनि छलफल हुने

केन्द्रीय कमिटी बैठकमा पार्टी विवादबारे पनि छलफल हुने बताइएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले एकताका लागि नेपाल पक्षलाई बेला बेला आह्वान गरे पनि सोमवारको स्थायी कमिटिमा गठन गरेका विभागमा नेपाल पक्षलाई समेटेनन्।

सोमवार एमालेको स्थायी कमिटीको बैठकले विभिन्न ९ विभाग गठन गरेको थियो। वरिष्ठ नेता नेपाल पक्ष अनुपस्थित बैठकमा अध्यक्ष ओलीले विभिन्न विभाग गठनको निर्णय गरेका हुन्

आजको बैठकबारे अध्यक्ष केपी शर्मा ओलीले भने आपत्ति जनाएका छन्। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बुधवार साँझ एक वक्तव्य जारी गर्दै नेपाल पक्षले डाकेको केन्द्रीय कमिटीप्रति आपत्ति जनाएका हुन्। 'नेपाल कम्युनिस्ट पार्टी(एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु,' विज्ञप्तिमा भनिएको छ, 'पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकोले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell