PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा मलाई बन्धक बनाएर राखियो : विमला कुमारी वली



पहिलोपोस्ट

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा मलाई बन्धक बनाएर राखियो : विमला कुमारी वली

बुटवल : लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी वलीले मुख्यमन्त्री कार्यालयमा आफूलाई बन्धक बनाएर राखिएको आरोप लगाएकी छिन्।

कहिले नेकपा एमाले त कहिले माओवादी केन्द्रमा रहेको भन्दै अभिव्यक्ति दिँदै आएकी उनले आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कार्यकालयमा आफूलाई बन्धक बनाएर राखिएको बताएकी हुन्।

साउन १५ यता उनी माओवादी केन्द्रसँग सम्पर्क बाहिर थिइन्। त्यसबिचमा उनी नेपालगञ्जमा अस्पतालमा भर्ना भएको समाचार चर्चा चलेको थियो। सोमबार आँफू एमालेमै रहेको भन्दै उनको नाममा विज्ञप्ती सार्वजनिक भएको थियो। यसलाई माओवादी केन्द्रले नक्कली विज्ञप्ती भनेको थियो।

आज पत्रकार सम्मेलनमा वलीले पनि आफ्नो नाममा नेकपा एमालेले भ्रम फैलाएको भन्दै जबरजस्ती कागज गराइएको र हस्ताक्षर पनि झुटो भएको बताइन्।

मुख्यमन्त्री कार्यालयमा ५-६ दिन बसेर हिजो भागेर आएको उनले बताइन्। आफूलाई नेपालगञ्ज लिएर जाने भनेर रुपन्देही लगाएको समेत उनले बताएकी छिन्।

'पहिलादेखि नै भाग्ने योजना बनाएको थिएँ। तर त्यो मौका आएन। हिजो त्यहाँ कोही नहुँदाको मौका छोपेर भागें' उनले भनिन्।

उनले आफू माओवादी कै कित्तामा रहेको बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell