PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

बार्सिलोनाबाट बाहिरिए मेस्सी



पहिलोपोस्ट

बार्सिलोनाबाट बाहिरिए मेस्सी
Pau Barrena/AFP/Getty Images

अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएका छन्। १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सीले आधिकारिक रुपमा बार्सिलोनाबाट बाहिरिएका हुन्।

पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएसँगै फ्री एजेन्ट बनेका मेस्सी र क्लबबीच सहमति बने पनि ला लिगाको खेलाडी दर्तासम्बन्धि नियमहरुको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

२०२१/२०२२ का सिजनका लागि अर्को क्लबको टुंगो नलागेसम्म मेस्सी फ्रि एजेन्टकै रुपमा रहनेछन्।

यसअघि मेस्सी र बार्सिलोना ५ वर्षे करारको नजिक पुगेको र त्यसका लागि औपचारिकतामा मात्र बाँकी रहेको समाचारहरु आएका थिए।

सन् २०२० मा मेस्सीले बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका थिए। जसका लागि उनले बोर्डलाई फ्याक्स गर्दै आफूले तत्काल क्लब छाड्न चाहेको बताएका थिए। यद्यपि सेप्टेम्बर महिनामा रिलिज क्लज धेरै भएको कारण उनी बार्सिलोनामै रहन बाध्य भए। र, यो जुन महिना सकिएसँगै बार्सिलोनासँग पहिलो करार गरेको ७५०४ दिनपछि मेस्सी 'फ्री एजेन्ट' बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell