PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

असन इन्द्रचोक क्षेत्रमा यस्तो देखियो गथांमुगको औंठी किन्नेको चहलपहल

असन इन्द्रचोक क्षेत्रमा यस्तो देखियो गथांमुगको औंठी किन्नेको चहलपहल

समर्थ रञ्जित/पहिलोपोस्ट


आज साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशी। नेवार समुदायमा घर शान्तिको कामना गर्दै गथांमुग चर्‍हे मनाईंदैछ। वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्री चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो।    
    
यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ। नेवार समुदायले काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीबिरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोलबाहिरको दोबाटो वा चौबाटोमा लगेर राखी बौ वाय् ज्या अर्थात भूत मन्छाउने कार्य गर्दछन। बौ वाय् ज्या गर्ने क्रममा कसैकसैले कुखुराको बलि पनि दिने चलन रहेको छ।    
    
बौ वाय् ज्या सँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ। घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ। गथांमुगलको औंठीका रुपमा धातुको औंठी लगाउँदा सम्पूर्ण रुपमा नराम्रा शक्तिहरु र दुर्भाग्यवाट सुरक्षा दिने जनविश्वास छ। यस अवसरमा राजधानीका असन इन्द्रचोकदेखि वसन्तपुरमा औंठी किन्नेहरुको चहलपहल देखिन्थ्यो।



ट्रेन्डिङ पोस्ट

Ncell